१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

बालात्कारमा संलग्न अमृतकुमार घले राज्यमन्त्री रामवीर मानन्धरको सल्लाहकार नरेहेको पुष्टि

१५ फागुन, काठमाडाैँ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सल्लाहकार बताउँदै एक किशोरीको बलात्कार गर्ने अमृतकुमार घलेले झुटो दाबी गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बिहीबार एउटा विज्ञप्ति मार्फत मन्त्रालयबाट घले सल्लाहकार नरहेको जानकारी अाएको बताएका छन । यसअघि बलात्कारको अभियोगमा प्रकाउ परेका घलेले अाफू राज्यमन्त्री मानन्धरको सल्लाहकार रहेको बताएका थिए ।

५२ वर्षीय घलेले किशोरीलाई आफ्नो कोठामा चार दिनसम्म बन्धक बनाएर बलात्कार गरेको पीडितले बताएकी छिन । घलेलाई फागुन १ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । काठमाडौंमा आफ्नी दिदीसँग बस्दै आएकी किशोरी कक्षा १२ मा अध्ययनरत रहेकी थिइन ।

पढाइको बिदामा आफ्नो घर सिन्धुली गएकी ती किशोरीलाई घलेले काठमाडौं फर्कनेबेला बनेपाबाट आफ्नो मोटरसाइकलमा काठमाडौं ल्याएको प्रहरीको भनाई छ । अमेरिका लगिदिन्छु भन्दै घलेले किशोरीलाई फकाएर आफूसँगै काठमाडौं ल्याई कोठामा बन्धक बनाएर लगातार बलत्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घलेले टोखास्थित आफ्नो फ्ल्याटमा बन्धक बनाई बलात्कार गरेका थिए । ‘सिन्धुलीबाट फर्कने क्रममा अमेरिका लगिदिन्छु भन्दै आफ्नो कोठामा लग्यो, चार दिन बन्धक बनाएर बलात्कार गर्यो,’ किशोरीको भनाई उधृत गर्दै प्रहरीले भन्यो ।

प्रकाशित मिति : 20:55