२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

काशी तिवारीका हत्यारा माअाेवादी नेता सियाराम कुशवाह पक्राउ, जीवनभर जेलमै बस्नुपर्ने

२८ वैशाख, काठमाडाैँ । हिन्दु युवा संघका तत्कालीन केन्द्रीय अध्यक्ष काशी तिवारीको हत्यामा संलग्न रहेका रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

मेयर कुशवाहको नेतृत्वमा तिवारीको हत्या गरेको पुष्टि भएपछि उच्च अदालत वीरगन्जले गत चैत २० गते जन्मकैदको फैसला सुनाएको थियो। २०६८ साल असार १२ गते तिवारीको गोली हानी हत्या गरिएको थियो।

मेयर कुशवाहलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउको पुष्टि सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्कीले गर्नुभएको छ। डीआईजी कार्कीले भन्नुभयो– ‘उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो।’ कुशवाह नेकपा माओवादी केन्द्रबाट कटहरिया नगरपालिकाको मेयरमा चुनिनुभएको थियो।

प्रकाशित मिति : May 11, 2018 at 9:18 am