५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

दिल्ली विधानसभामा फेरि आप, केजरीवालको ह्‍याट्रिक नेतृत्व


२९ माघ, नयाँदिल्ली दिल्ली विधानसभा चुनावमा सत्ताधारी दल आम आदमी पार्टी (आप) ले अत्यधिक बहुमत साथ विजय हासिल गरेको छ । यो जितसँगै दिल्लीमा आपको ह्याट्रिक भएको हो ।

मंगलबार राति सार्वजनिक मतपरिणामअनुसार विधानसभाका ७० सिटमध्ये आपले ६२ स्थानमा विजय हासिल गरेको छ । यस्तै, भारतीय जनता पार्टी (भाजपा) ले ८ सिटमा जित निकालेको छ ।

अघिल्लो चुनावमा शून्य देखिएको भारतीय कंग्रेसले यसपटक पनि उही नतिजा दोहोर्‍यो । गत शनिबार सम्पन्न चुनावमा आपले दुईतिहाइ बहुमत पाएको हो । दिल्ली विधानसभामा दुईतिहाइ बहुमतका लागि ४७ सिट मात्र आवश्यक पर्छ ।

यसअघि सन् २०१५ को विधानसभा चुनावमा आपले ६७ सिटमा र भाजपाले ३ सिटमा विजयी हासिल गरेको थियो ।

आपका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले मत परिणामले भारतमा नयाँ राजनीतिलाई जन्म दिएको बताएका छन् । उनले सम्पूर्ण मतदातालाई धन्यवाद समेत भनेको बीबीसीले समाचारमा जनाएको छ ।  –एजेन्सी

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार ०८:३०