चिकित्सक संघको अध्यक्षमा कार्की
२८ माघ, काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्कीको निर्वाचित भएका छन् । उनी ४ हजार १ सय ११ मतसहित विजयी भएका हुन् ।
कार्कीका निकटतम प्रतिस्पर्धी डा. पुष्पमणि खराल २ हजार १ सय ३२ मतले पछि परे । शुक्रबारदेखि सुरु भएको मतगणना मंगलबार बिहान साढे २ बजे सकिएको हो ।
मतगणना सकिए पनि विजयी उम्मेदवारको नामावलीको औपचारिक घोषणा भने मंगलबार दिउँसो १ बजे हुनेछ ।

प्रकाशित मिति : 07:29







