कामदारले नै पूर्व सचिव कार्कीकी पत्निकाे हत्या गरेको सीसीटीभी फुटेजमा भेटियो
२७ माघ, काठमाडाैँ । पूर्वसचिव अर्जुन कार्कीकी पत्नि मुना कार्कीको हत्या उनकै घरमा काम गर्ने विजय चौधरीले गरेको खुलेको प्रहरीले जनाएको छ ।
कार्कीकाे घरमा रहेको सीसीटीभीको भिडियो फुटेजमा चौधरीले नै कार्कीमाथि आक्रमण गरी हत्या गरेको खुलासा भएको प्रहरीले जनाएको हो । सीसीटीभीमा चौधरीले कार्कीमाथि पिर्काले हिर्काएको र घाँटी कसेको देखिएको प्रहरी स्राेतले बताएकाे छ ।

रगतले लतपतिएको अवस्थामा कार्कीकी पत्नि भान्सा कोठामा भेटिएकी थिइन । दाङ घर भएका कामदार चौधरीले भने झ्रण्डिएर आत्महत्या गरेका थिए ।
पूर्व सचिव कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएका थिए । कार्कीको १ छोरा र २ छोरी रहेका छन् । दुवै छोरीहरू बाहिर रहेका छन् भने १२ वर्षका छोरा घटनाको समय स्कूल गएका थिए ।
याे पनि पढ्नुहाेस्ः
-पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमतीको हत्या प्रयास, कामदारले गरे आत्महत्या
गम्भीर घाइते अवस्थामा भेटिएकी पूर्वसचिव कार्कीकी पत्नीको उपचारका क्रममा मृत्यु
प्रकाशित मिति : February 10, 2020 at 4:52 pm









