गम्भीर घाइते अवस्थामा भेटिएकी पूर्वसचिव कार्कीकी पत्नीको उपचारका क्रममा मृत्यु
२७ माघ, काठमाडौँ । आफ्नै घरमा गम्भीर घाइते अवस्थामा भेटिएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीकाे उपचारका क्रममा मृत्यु भएको छ ।

सानेपास्थित आफ्नै घरमा गम्भीर घाइते अवस्थामा भेटिएकी कार्कीकाे स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कार्कीको घरमा काम गर्ने विजय चौधरी पनि झुण्डिएको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।
याे पनि पढ्नुहाेस्ः
-पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमतीको हत्या प्रयास, कामदारले गरे आत्महत्या
प्रकाशित मिति : February 10, 2020 at 2:22 pm









