५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमतीको हत्या प्रयास, कामदारले गरे आत्महत्या

२७ माघ, काठमाडौँ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतीको हत्या प्रयास भएको छ । कार्कीकी श्रीमति मुना कार्की घरको भान्छा कोठामा अचेत अवस्थामा फेला परेकी छिन । मुनाको हत्याको प्रयस गरेपछि घरमै काम गर्ने कामदार विजय चौधरीले भने आत्महत्या गरेका छन । कार्कीको सानेपास्थित निवासमा प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तस्बीरः रातोपाटी डटकम ।

रगतले लतपतिएको अवस्थामा कार्कीकी श्रीमती भान्सा कोठामा भेटिएकी थिइन । दाङ घर भएका कामदार चौधरीले भने झ्रण्डिएर आत्महत्या गरेका छन । चौधरीको शवमा कुनै चोटपटक नदेखिएको र शव भेटिएको स्थानमाथि डोरी पनि झुण्डिएकाले उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएर फर्किँदा यस्तो अवस्था देखेको पूर्व सचिव कार्कीले बताएका छन । कार्कीको १ छोरा र २ छोरी रहेका छन् । दुवै छोरीहरू बाहिर रहेका छन् भने १२ वर्षका छोरा घटनाको समय स्कूल गएको र उनलाई पुर्याउन अर्की कामदार किशोरी पनि घरबाहिर रहेकी थिइन् ।

(यसअघिको समाचारमा अचेत अवस्थामा हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।-सम्पादक)

प्रकाशित मिति : February 10, 2020 at 12:42 pm