बोगटीको शालिक अनावरण र विद्यालयको भवन उद्घाटनका लागि प्रचण्ड आज पनि नुवाकोटमा
२७ माघ, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज पनि नुवाकोट आउँदैछन । एक विद्यायको भवन उद्घाटन र शालिक अनावरणका लागि अध्यक्ष प्रचण्ड नुवाकोट अाउन लागेको नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले जानकारी दिए ।

प्रचण्डले जिल्लामा आज आयोजना हुने दुइ छुट्टाछुट्टै कार्यक्रममा सहभागिता जनाउनेछन । उनले पहिला नुवाकोटको नमूना विद्यालयमा छनौट भएको किस्पाङ्ग गाउँपालिका वडा नं. ३ काहुलेमा रहेको ऐंसेलुभुमे माविको भवन उद्घाटन र हस्तान्तरण कार्यक्रममा सहभागिता जनाउनेछन ।

त्यसपछि अध्यक्ष प्रचण्डले विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा रहेको चण्डेश्वरी माविको अभिभावक भेला उद्घाटन र तत्कालीन नेकपा माओवादीका उपाध्यक्ष एवं स्वर्गिय पोष्टबहादुर बोगटीको शालिक अनावरण कार्यक्रममा सहभागिता जनाउनेछन । अध्यक्ष खतिवडाका अनुसार आज सोमवार विहान ९ बजे ऐंसेलुभुमे मावि र साढे ११ बजे चेण्डेश्वरी माविको कार्यक्रममा सहभागी हुनेछन् ।

यसअघि बोगटीको १३ औँ दिनको अवसरमा तुप्चेमा आयोजित श्रद्धाञ्जली सभामा सम्बोधन गर्ने क्रममा उनी नुवाकोट पुगेका थिए । त्यसक्रममा प्रचण्ड पटकपटक भक्कानिएका थिए । उनले बोगटीको निधनले मुलुक र जनतालाई ठूलो क्षति पुगेको बताउँदै आएका छन । बोगटीले समयन्वयकारी भूमिकामार्फत दिएको एकताको सन्देशलाई आत्मसाथ गर्दै अघि बढ्ने उनले बताए ।
प्रचण्डको साथमा उर्जा तथा सिञ्चाई मन्त्री बर्षमान पुन पनि आउदैछन । प्रचण्ड यसअघि पञ्चकन्या गाउँपालिकाद्धारा आयोजित भलिवल प्रतियेगिताको उद्घाटनका लागि शनिवार नुवाकोट आएका नेथिए ।
प्रकाशित मिति : 09:02









