भ्रष्टाचारमा संलग्न भेटिए जुन दलका नेता भए पनि कारबाही हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल
२५ माघ, बर्दिबास । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले भ्रष्टाचारमा संलग्न भेटिए जुन दलका नेता भएपनि कारबाही हुनुपर्ने बताएका छन । महोत्तरीको बर्दिवासस्थित आधारशिलाको १७ औं बार्षिकोत्सवमा शनिबार पूर्वप्रधानमन्त्री समेत रहेको खनालले भ्रष्ट नेता जुनसुकै दलको भएपनि कारबाही गर्नुपर्ने बताए । खनालले नेकपाका नेता भ्रष्टाचारी छन् भने पनि पक्राउ गर्दा वा मुद्दा चलाउँदा केही फरक नपर्ने बताए ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुशासन कायम गर्न गरिरहेको काम स्वागतयोग्य रहेको बताए । पूर्वप्रधानमन्त्री खनालले देशमा अशल शासन स्थापनाका लागि अहिले उपयुक्त समय रहेको भन्दै भ्रष्टाचारीलाई राखेर मुलुक र समाज रुपान्तरण गर्न नसकिने बताए । कार्यक्रममा नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठले नेकपाका नेता भ्रष्ट भए अख्तियारले समात्नु् पर्ने बताए ।

प्रकाशित मिति : 21:38









