१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

प्रधानमन्त्री केपी शर्मा ओली एसियाली दूरद्रष्टा नेता तथा राष्ट्रनिर्माण अवार्डबाट सम्मानित

२४ माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली एसियाली दूरद्रष्टा नेता तथा राष्ट्रनिर्माण अवार्डबाट सम्मानित भएका छन । एसियाली व्यवस्थापन संस्थाहरुको संगठनले शुक्रबार काठमाडाैँमा गरेको एसियाली नेतृत्व सम्मान साँझ २०२० मा प्रधानमन्त्री केपी शर्मा ओली दूरद्रष्टा नेता तथा राष्ट्रनिर्माण अवार्डबाट सम्मानित भएका हुन ।

एसियाली व्यवस्थापन संस्थाहरुको संगठनका सभापति राजिव कौलले समारोहमा प्रधानमन्त्री ओलीलाई सो सम्मान प्रदान गरे । संगठनले यस अवसरमा आमो AAMO ले एसिया क्षेत्रका उत्कृष्ट व्यवसायीक नेतृत्वलाई पनि सम्मान गरेको छ । आमोले उत्कृष्ट व्यवसायी नेतृत्वको सम्मान भारतका आदित्य विरला व्यवस्थापन कर्पोरेशन प्रालिका समूहका कार्यकारी अध्यक्ष तथा अखिल भारतीय व्यवस्थापन संघका पूर्व सभापति डी शिवकुमारलाई प्रदान गरिएको छ ।

प्रकाशित मिति : 21:56