१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

कृषिमन्त्री लामाको स्वास्थ्य अवस्था बुझ्न उपप्रधानमन्त्री पोखरेल अस्पतालमा

२४ माघ, काठमाडाैँ । बाग्मती प्रदेशका भुमी ब्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको स्वास्थ्य अवस्था बुझ्न उपप्रधानमन्त्री इश्वर पोखरेल, नेकपाका उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल अस्पतालमा पुगेका छन । बिहीबार दिउँसो लामाको स्वास्थ्य अवस्था बुझ्न उपप्रधानमन्त्री पोखरेल, उपाध्यक्ष गौतम र गृहमन्त्री थापा अस्पताल पुगेको उनका सहयोगीले बताएका छन ।

उपप्रधानमन्त्री पोखरेल, उपाध्यक्ष गौतम र गृहमन्त्री थापाले लामाको स्वास्थ्य अवस्था र उपचारको विषयमा चिकित्सकसँग पनि छलफल गरेका थिए । मन्त्री लामा  प्रेसर र सुगर आकास्मिक रूपमा बढेपछि मंगलबार साँझबाट ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका हुन ।

मन्त्री लामाको घाँटी पछाडीको नसामा समेत समस्या रहेको र केही दिनमा अस्पतालबाट डिस्चार्ज हुने नेकपाका युवा अभियन्ता तीर्थ भट्टराइले जानकारी दिए । मन्त्री लामाको उपचारमा डा सुमन बराल लगायतको टिम खटिएको छ । मन्त्री लामाको अवस्था सुधारोन्मुख रहेको छ ।

प्रकाशित मिति : 09:07