१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

विजय गच्छेदारको पक्षमा नेविसंघको राँके जुलुश, प्रधानमन्त्री ओलीको पुत्ला दहन (फोटोफिचर)

२३ माघ, कैलाली । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारको बचाउमा नेविसंघले राँके जुलुश निकालेको छ । नेविसंघका पूर्व उपाध्यक्ष पुष्पकुमार शाहीको नेतृत्वमा नेविसंघले कैलालीमा राँके जुलुश निकालेको हो । नेविसंघले मुख्य अभियुक्तहरू माधवकुमार नेपाल, डा बाबुराम भट्टराइ र विष्णु पौडेल, कुमार रेग्मी लगायतलाई छाडेर गच्छेदारमाथि मुद्दा चलाएको आरोप लगाएको छ ।

राँके जुलुशमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाग्रही ढंगले भ्रष्टाचारको नाममा कांग्रेसको नेता समाप्त पार्ने षडयन्त्र गरेको भन्दै पुत्ला पनि दोहन गरिएको शाहीले जानकारी दिए । उनले पूर्वाग्रही निर्णय नसच्याएसम्म खबरदारी जारी राख्ने बताए । शाहीले बुधबार नै अख्तियारले शाही आयोगको झल्को दिएको भन्दै चर्को आलोचना गरेका थिए ।

प्रकाशित मिति : 21:07