२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

गच्छदारविरूद्ध भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेस आन्दोलित, संसद बैठकमा अबरोध

२३ माघ, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरूद्ध गरेको छ। कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा आफ्ना नेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद अवरोध गरेको हाे।

ललितानिवास जग्गा प्रकरणमा अख्तियारले बुधबार मात्र गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । कांग्रेस सांसदहरूले उठेर विरोध गरेपछि सभामुख अग्नि सापकोटाले बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसले गच्छदारमाथिको आरोपबारे आधिकारीक धारणा सार्वजनिक गर्न आज अपरान्ह सवा ४ बजे पत्रकार सम्मेलन डाकेको छ।

ललिता निवासको जग्गामा छानी छानी अख्तियारले मुद्दा चलाएको कांग्रेसको बुझाइ छ।

प्रकाशित मिति : February 6, 2020 at 1:49 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/