३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

एमाले सचेतक शान्ता चौधरी जो शुद्ध ‘क्रिम साबुन’ समेत बनाउँथिन (हेर्नुस् पाँच तस्बीर)

२६ वैशाख, काठमाडौँ । भूमिअधिकार आन्दोलनबाट राजनीतिमा स्थापित भएकी नेकपा एमालेकी सचेतक शान्ता चौधरी शुद्ध ‘क्रिम साबुन’ बनाउँथिन भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । उनले सानो रुपमा तर व्यवसायिक तवरमै शान्ताले बिगतमा भाउजू मनिता घिमिरेसँग मिलेर  शुुद्ध ‘क्रिम साबुन’ बनाउने गरेकी उनले आफैँले फेसबुक मार्फत सार्वजनिक गरेकी छिन ।

उनले फेसबुक मार्फत लेखेकी छिन । 

‘‘आज आफ्नै बारे केही कुरा खोल्न मन लाग्यो । म घरमै शतप्रतिशत प्राकृतिक र शुद्ध क्रिम साबुन बनाउँथें । इष्टमित्रलाई अलिअलि बेच्थें पनि । थोरै भए पनि आर्थिक राहत हुने गरेको थियो । भाउजू मनिता घिमिरे पनि प्राकृतिक साबुन बनाउनु हुँदो रहेछ । मनिता र म मिलेर अझ उच्चगुणस्तर र प्राकृतिक क्रिम साबुन बनाउन थाल्यौं । साथीभाई इष्टमित्रलाई अलिअलि बेच्न पनि थाल्यौं । हामीले बनाएको क्रिम साबुन लगाएर गोरोपना बढ्यो, दाग, चायाँ पोतो घट्यो भन्ने धेरै हुनुहुन्छ । उहाँहरुले प्रशंसा गर्दा घरभित्र बसेर पनि राम्रो काम गरिएछ भन्ने लाग्छ । अहिले निम, गाँजर र कोइलाको पनि साबुन बनाउन थालेका छौं । प्रयोग गर्ने इष्टमित्रहरुले अति उच्च गुणस्तरीय साबुन भन्नुभएको छ । धेरैजनाले घरेलु उद्योग दर्ता गरेर साबुन बनाउन सुझाव दिनुभएको छ । के गरौं भनेर मनितासँग सल्लाह गर्दैछु र सोंच्दैछु ।’’

हेर्नुस् तस्बीरः

 

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार १६:२६