सभामुख सापकोटा र जापानी राजदूतबीच भेटवार्ता, नेपालमा प्रविधि र तालिमका लागि सहयोग गर्ने
२१ माघ, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले भेटवार्ता गरेका छन् । सभामुखको कार्यकक्षमै मंगलबार बिहान पुगेर राजदूत साइगोले सापकोटासँग भेटवार्ता गरेका हुन् ।

सभामुख सापकोटासँगकाे भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । विशेष गरी नेपालमा प्रविधि र तालिमका लागि जापानले सहयोग गर्ने उनले बताए ।
सभामुख सापकोटाले नेपाल र जापानको सम्बन्ध निकै पुरानो भएको स्मरण गर्दै दुईदेशबीचको सम्बन्ध र सहकार्य अझ बयियो बनाउनुपर्ने बताए ।
प्रकाशित मिति : 13:12









