१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

एमसीसीबारे केन्द्रीय समितिकाे कार्यदेश अनुसार अध्ययन सुरु गरेका छाैँ: संयाेजक खनाल

२० माघ, काठमाडौँ । एमसीसीकाे बारेमा अध्ययन गरेर सुझाव दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीले गठन गरेकाे कार्यदलले साेमबाार काम सुरु गरेकाे छ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालकाे संयाेजकत्वमा गठन भएकाे कार्यदलले काम सुरु गरेकाे हाे। साेमबार पार्टी संसदीय दलकाे कार्यालय सिंहदरबारमा  एमसीसीका विषयमा छलफल प्रारम्भ भएकाे वरिष्ठ नेता खनालले जानकारी दिएका छन ।

एमसीसीका बारेमा केही नेताले असन्तुष्टि जनाएका थिए उनीहरूको असन्तुष्टि पनि सम्बोधन हुन्छ कि भन्ने दैनिकीको प्रश्नमा पूर्व प्रधानमन्त्री समेत रहेका खनालले भने, ‘बिगतमा व्यक्तिगत रूपमा कसले के धारणा व्यक्त गरे भन्नेकुरा याे कार्यदलले सराेकार राख्दैन । याे कार्यदलले एमसीसीकाे डकुमेन्ट हेरेर अध्धयन गरेर पार्टीलाइ सुझाव दिन्छ ।’

कार्यदलकाे सदस्यमा स्थायी कमिटीका सदस्यद्धय भीमबहादुर रावल र प्रदीप ज्ञवाली रहेका छन । एमसीसीले पार्टी नै फुट्नेसम्मकाे चेतावनी नेताहरुले दिनथालेपछि केन्द्रीय किमिटीले सुझावका लागि कार्यदल गठन गरेकाे थियाे । यसअघि नेता रावलले एमसीसीका केही प्रावधानहरू संशाेधन नगरी संसदबाट अनुमोदन गरे राष्ट्रघात हुने बताउँदै अाएका थिए ।

प्रकाशित मिति : 14:29