१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

एमसीसीबारे नेकपा कार्यदलले काम थाल्याे, सिंहदरबारमा छलफलमा चल्दै

२० माघ, काठमाडौँ । एमसीसीकाे बारेमा अध्ययन गरेर सुझाव दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीले गठन गरेकाे कार्यदलले काम सुरु गरेकाे छ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालकाे संयाेजकत्वमा गठन भएकाे कार्यदलले साेमबारबाट काम सुरु गरेकाे छ । पार्टी संसदीय दलकाे कार्यालय सिंहदरबारमा जारी छलफलमा एमसीसीका विवादबारे अध्ययन गरेर पार्टीको दृष्टिकोण तयार गरिदैँ छ ।

कार्यदलकाे सदस्यमा स्थायी कमिटीका सदस्यद्धय भीमबहादुर रावल र प्रदीप ज्ञवाली रहेका छन । एमसीसीले पार्टी नै फुट्नेसम्मकाे चेतावनी नेताहरुले दिनथालेपछि केन्द्रीय किमिटीले सुझाव कार्यदल गठन गरेकाे थियाे ।

 

प्रकाशित मिति : 12:41