१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

एमसीसीबारे सुझाव संकलन गर्न खनालको नेतृत्वमा कार्यदल, सदस्यमा ज्ञवाली र रावल

२० माघ, काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकाले नेपाललाई उपलब्ध गराउने मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहयोगबारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ ।

एमसीसीबारे पार्टीभित्र धेरै प्रश्न उठेपछि आइतबारको सचिवालय बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल बनाएको हो ।

कार्यदलको सदस्यमा भीम रावल र प्रदीप ज्ञवाली छन् । यो तीन सदस्यीय कार्यदलले एमसीसीबारे सुझाव संकलन गरी पार्टीमा बुझाउनेछ ।

प्रकाशित मिति : 06:43