१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

अहिले भ्रष्टाचार बढेको होइन, सरकारले कारवाही गरेकाले देखिएको होः प्रधानमन्त्री ओली

१९ माघ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले भ्रष्टाचार बढेको नभएर सरकारले छानबिन र कारबाही गर्न थालेपछि धेरै घटना बाहिर आएको बताएका बताउनुभएकाे छ । पार्टी अध्यक्ष समेत रहनुभएका  प्रधानमन्त्री ओलीले नेकपा केन्द्रीय कमिटी बैठक समापनमा मन्तव्य दिने क्रममा  विगतका भ्रष्टाचार काण्डहरु अहिलेको सरकारका पालामा छानबिन गरेर बाहिर ल्याइएकाले भ्रष्टाचार बढेजस्तो देखिएको बताउनुभएकाे हाे ।


प्रधानमन्त्री ओलीले भन्नुभयाे,  ‘मैले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भनेको छु’, ‘खासमा अहिले भ्रष्टाचारीहरु पक्राउ परेका छन् । त्यस्ता काण्डहरु बाहिर ल्याइएको छ । विगतमा गुपचुप हुन्थ्यो । अहिले सरकारले कारवाही गरेपछि भ्रष्टाचार बढेको ढंगले प्रचार गरिएको छ ।’

प्रकाशित मिति : 18:01