२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

ईपीएल : लिभरपुलको सानदार जित

१९ माघ, काठमाडौं इंग्लिस प्रिमियर लिग (ईपीएल) मा लिभरपुलले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले साउथ ह्याम्पटनलाई ४-० गोल अन्तरले हराउँदै सानदार जित हासिल गरेको हो ।

लिभरपुलका लागि मोहम्मद सलाहले २ गोलको योगदान गरे । घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोलको बर्षा गरेको थियो ।

खेलको ४७औं मिनेटमा एलेक्स च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए । ६०औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । खेलको ७२औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए ।

खेलको ९० औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४-० को फराकिलो अन्तरले जित दिलाए ।

जितसँगै लिभरपुलले २५ खेलबाट ७३ अंक जोडेको छ ।  लिभरपुलले शीर्ष स्थानमा २२ अंकको अग्रता बनाएको छ ।

जितपछि लिभरपुलले घरेलु मैदानमा लगातार २० खेलको जितको किर्तिमान पनि बराबरी गरेको छ । यसअघि म्यानचेस्टर सिटीले घरेलु मैदानमा लगातार २० खेल जित्ने कीर्तिमान बनाएको थियो । –एजेन्सी

प्रकाशित मिति : १९ माघ २०७६, आईतवार ०८:१८