२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

सुन तस्करी प्रकरणमा अभियुक्त ३० जनाको बयान सकियो, भोलिदेखि बहस हुने

२६ वैशाख, विराटनगर । साढे ३३ किलो सुन तस्करीसँग जोडिएका ३० जनाको बयान सकिएको छ । एक सातामा ३० जना अभियुक्तको वयान सकिएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । उनीहरु विरुद्ध गत बुधबार दायर भएको थियो । अब भोलि बिहीबारदेखि सुरु हुने बहसमा ४२ जना वकिलले प्रतिवादीको तर्फबाट बहस गर्नेछन् भने ८ जना सरकारी वकिलले वादी नेपाल सरकारको तर्फबाट बहस गर्नेछन् ।

यसरी बहस गर्ने नेपाल सरकारका वकिलमा महान्यायाधिवक्ता गोपाल रिजालसमेत रहेका छन् । त्यस्तै उच्च सरकारी वकिल चिरन्जिवी पराजुली, जिल्ला सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता पूण्यप्रसाद पाठक, धनकुटाका जिल्ला न्यायाधिवक्ता मनोज आचार्य, सप्तरीका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद सापकोटा, उच्च सरकारी वकिल कार्यालय विराटनगरका न्यायाधिवक्ता हिमाल त्रिताल, मोरङका सहायक जिल्ला न्यायाधिवक्ता पदम वस्ती र रोहित पोखरेलले बहस गर्नेछन् ।

प्रकाशित मिति : May 9, 2018 at 8:33 am