१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

सिँचाइमन्त्री पुन भन्छन्, ‘इन्डो प्यासिफिक रणानीतिमा नेपाल फस्नु हुँदैन’

१८ माघ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले इन्डो प्यासिफिक रणानीतिमा नेपाल फस्न नहुने बताएका छन् । काठमाडौंमा सहिद तथा बेपत्ता योद्धा फाउन्डेसनको सन्तति फाउन्डेसनको प्रथम साधारण सभालाई शनिबार उद्घाटन गर्दै उनले नेपाल विभिन्न देशको रणनीतिक क्षेत्रमा परेको भन्दै नेपालले सुझबुझका आधारमा निर्णय लिनुपर्नेमा जोड दिए ।

उनले नेपालले सुझबुझका आधारमा निर्णय लिन नसके ठूला देशको रणनीतिक खेलमा फस्न सक्ने खतरा रहेको जिकिरसमेत गरे ।

नेकपाका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, विभिन्न रणनीति तथा अन्य बिषयमा केन्द्रित रहेको बताए ।

प्रकाशित मिति : 18:40