२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

मुग्लिनमा गाडीको ठक्करले एकको मृत्यु एक घाइते

२६ वैशाख, चितवन । चितवनको मुग्लिनमा गाडी ब्याक गर्ने क्रममा पैदलयात्रीलाई गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

काठमाडौँबाट नारायणगढतर्फ जादै गरेको ना ३ ख २७०७ नम्बरको बसले ब्याक गर्ने क्रममा ठक्कर दिँदा सुर्खेतको भेरीगंगा नगरपालिका–७ का दिलबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको उपचारका लागि काठमाडौँ लगिएकोमा राति नै मृत्यु भएको हो । उनको शवलाई अहिले भरतपुर अस्पतालमा ल्याएर राखिएको छ ।

सो दुर्घटनामा परी सोही ठाउँका ६४ वर्षीय हरिबहादुर घर्ती घाइते भएको र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसका चालक भने नियन्त्रणमा छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार ०७:५०