१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

नेकपा केन्द्रीय समिति बैठकलाई ओलीले मात्रै सम्बोधन गर्ने, सचिवालयले तय गरेका एजेन्डा यस्तो छ

१५ माघ, काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज केन्द्रीय समिति बैठक बस्ने भएको छ । अहिले बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुने बैठकका लागि ७ एजेन्डा तय गरिएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा हिजो बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय समिति बैठकका लागि ७ एजेन्डा तय गरेको हो ।

एजेन्डाअन्तर्गत पहिलो भने सहिदहरुप्रति श्रद्धान्जली रहेको छ । यस्तै बैठकको आरम्भमै प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन मन्तव्य दिने त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने तय भएको छ ।

यसैगरी चौथो एजेन्डामा महासचिव विष्णु पौडेलले सांगठनिक योजना र विधान संशोधन प्रस्ताव पेस गर्ने तयारी छ । यस्तै पाँचौं एजेन्डामा सातवटै प्रदेशका अध्यक्षले प्रदेशको पार्टी संगठनात्मक अवस्थामा केन्द्रित रही रिपोर्ट पेस गर्नेछन् । सचिवालय बैठकको निर्णयअनुसार छैटौं र सातौं एजेन्डामा क्रमश: समसामयिक प्रस्ताव पेस गर्ने तथा विविध रहेका छन् ।

प्रकाशित मिति : 07:25