१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

प्रदेश २ कि राज्यमन्त्रीले दिइन् राजीनामा

१५ माघ, जनकपुर । प्रदेश २ को भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डिम्पलकुमारी झाले पदबाट राजीनामा दिएकी छन् । प्रदेश सरकारको कामप्रति असन्तुष्टि जनाउँदै उनले मंगलबार मुख्यमन्त्री लालबाबु राउतसमक्ष राजीनामा बुझाएकी हुन् ।

राजपा नेतृ झा विगतदेखि नै प्रदेश सरकारको कामप्रति असन्त्ष्ट रहँदै आएकी थिइन् । प्रदेश सरकारले आव ०७५/७६ मा विभिन्न उपभोक्ता समितिमार्फत गराएको कामको रकम भुक्तानी नगरेको र आफूहरुलाई उपभोक्ता समितिको अत्यधिक दबाब भएकाले पदबाट राजीनामा गरेको झाले सञ्चारकर्मीहरुलाई जानकारी गराइन् । उनी राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाकी पत्नी पनि हुन् ।

प्रकाशित मिति : 06:00