सर्वोच्चद्धारा सभामुख अग्नि सापकोटाविरुद्ध दायर रिटमा अन्तरिम आदेश अस्वीकार
१४ माघ, काठमाडौँ । सभामुख अग्नि सापकोटाविरुद्ध दायर भएको मुद्दामा सर्वोच्चले मंगलबार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। नेपाली कांग्रेसका नेता एवं अधिवक्ता दिनेश त्रिपाठीले सभामुखको काम गर्नबाट रोक लगाउन माग गर्दै दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश अस्वीकार गरेको हो ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले सभामुखको हत्याको आरोप लागेका व्यक्तिलाई सभामुखको काम गर्न रोक्न माग गर्दै दायर गरेको रिटमा यस्तो आदेश जारी गरेको हो । मंगलबार पक्षका तर्फबाट केही कानुन व्यवसायीको समेत बहस सुनिसकेपछि न्यायाधीश मल्ल प्रधानले यस्तो आदेश जारी गरेकी हुन । काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका सापकोटालाई सभामुख बनाएको भन्दै बरिष्ठ अधिवक्ता त्रिपाठीले गत शुक्रबार सर्वोच्चमा रिट हालेका थिए।
प्रकाशित मिति : 18:26









