सभामुख निर्वाचन : एकल उम्मेदवारी परेपछि संसदको नेतृत्व गर्दै सापकोटा
१२ माघ, काठमाडौं । प्रतिनिधि सभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । यसको प्रक्रिया अघि बढाउन संघीय संसद् भवनमा अपराह्न ३ बजे प्रतिनिधि सभा बैठक बस्दै छ ।
सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको मात्र मनोनयन परेको छ । सापकोटाको मात्र एकल मनोनयन परेकाले प्रतिनिधि सभा नियमावलीको व्यवस्थाअनुसार निर्विरोध चयन हुनेछन् ।

बैठकमा सापकोटाका तर्फबाट प्रस्तावक सुवास नेम्वाङले उम्मेदवारको प्रस्ताव पेस गर्नेछन् । वक्तव्यसहित पेस हुने प्रस्तावमा समर्थकले धारणा राख्नेछन् । सापकोटाको समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ छन् । यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले पनि सापकोटाको उम्मेदवारीमा समर्थन गरेका छन् ।
अग्नि सापकोटा सभामुख हुनअघि नै सर्वोच्च जानुपर्ने, अदालतले तोक्यो तारेख
प्रकाशित मिति : 06:23







