राष्ट्रपति भण्डारीद्धारा विज्ञ सल्लाहकार सुशील प्याकुरेलको राजीनामा स्वीकृत
१० माघ, काठमाडौँ । विज्ञ सल्लाहकार सुशील प्याकुरेलले दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गरेकी छन् ।राष्ट्रपति भण्डारीले प्याकुरेलले दिएको राजीनामा शुक्रबार स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए ।

प्याकुरेलले संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्वोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गर्दै राष्ट्रपतिको विज्ञ सल्लाहकारको पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : 16:53









