२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

नेपाली खानाको विश्वव्यापीकरणका लागी कुक बुक र भिडियो सार्वजनिक

२४ वैशाख, काठमाडौ । नेपाली रैथाने खानालाई विश्व बजारमा स्थापित गराउने अभियानको आज औपचारिकरुपमा थालनी भएको छ । अभियान अन्तर्गत तयार पारिएको नेपाली खाना पकाउने ज्ञान प्रदान गर्ने कुकु बुक एवं भिडियोको सार्वजनिक गरिएको छ ।

होटल एसोसिएशन अफ नेपाल(हान) र नेपाल पर्यटन बोर्डको आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ती प्रचार सामग्रीको सार्वजनिक गर्दै नेपाल आउने विदेशी पर्यटकलाई यहाँको मौलिक खानाको स्वाद दिनसके त्यसैको माध्यमबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन सकिने विश्वास व्यक्त गरेका छन् ।

दुई वर्षभित्र पर्यटकीय पूर्वाधारका क्षेत्रमा मुलुकले ठूलो फड्को मार्नसक्ने विश्वास व्यक्त गर्दै उनले निजी क्षेत्रको साझेदारीबिना पर्यटनको विकास असम्भव भएकाले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए ।

देशभरिबाट संकलित झन्डै २०० प्रकारका रैथाने खाना पकाउने विधि, सामग्री आदिलाई विशेषज्ञ सेफहरुको टोलीले विस्तृत अध्ययन गरी विश्वव्यापी रुपमा सामग्रीको उपलब्धता, स्वाद आदिको आधारमा झन्डै ३० प्रकारका उपयुक्त नेपाली रैथाने खानालाई विश्व बजारमा प्रवद्र्धन गराउन कुक बुक तथा भिडियो तयार परिएको छ ।

प्रकाशित मिति : 15:49