१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

खेलकुदको नियुक्तिमा असन्तुष्टि जनाउँदै नेकपाका ४९ कार्यकर्ताले पार्टी छाडे (छाड्नेको सूचीसहित)

९ माघ, रसुवा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभिन्न राजनीतिक नियुक्तिको विषयलाइ लियर असन्तुष्टि सिर्जना हुन थालेको छ । तत्कालीन एमाले र माओवादी पार्टी मिलेर बनेको नेकपाकाका सत्तामा रहेकाहरूको गलत निर्णयले असन्तुष्टि जन्माएको हो । संघीय सरकारको नियुक्तिमा त्यतिधेरै पूर्वाग्रह नभए पनि वाग्मती प्रदेशको सामाजिक मन्त्रालयको नियुक्तिमा त्यस्तो देखिएको छ ।

यसअघि जिल्ला अस्पतालको अध्यक्षमा एकलौटी ढगले पूर्व माओवादीहरूको मात्रै नियुक्ति गरेको मन्त्रालयले अहिले खेलकुद विकास समितिमा एकलौटी ढंगले नियुक्ति गरेको छ । कतिसम्म भने नेकपाकै नेताहरूले जिम्मेवारी पाएको ठाउँमा समेत पूर्व एमाले भएका कारण उसलाइ बर्खास्त गरी नयाँ मान्छे राखिएको छ ।

रसुवामा पूर्व एमालेबाट खेलकुद विकास समितिको अध्यक्ष रहेका तेम्पासिंगी तामाङले पार्टीको नेतृत्वको सहमति विपरित नयाँ नियुक्ति गरेको भन्दै आफूसहित ४९ कार्यकर्ताले पार्टीको साधारण सदस्य समेत नरहनेगरी परित्याग गरेका छन ।

नेकपा रसुवाका ५० जनाले पार्टी परित्या गरेका छन् । खेलकुद विकास समितिमा एकलौटी ढंगले नियुक्ति गरेको भन्दै नेकपा कार्यकर्ताले बुधबार पार्टी परित्याग गरेका हुन् । तत्कालीन माओवादीका दावा तामाङलाइ जिल्ला खेलकुद विकास समिति रसुवाको अध्यक्ष पदमा नियुक्त गरेपछि ४९ जनाले राजिनामा दिएका हुन । पार्ठीबाट राजिनामा दिने नेकपाका कार्यकर्ताहरूको सूची र विज्ञप्ति तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 07:02