१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

अग्नि सापकोटाविरूद्ध पुष्पा भुषाललाई सभामुखकाे उम्मेदवार बनाउँदै कांग्रेस

६ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सभामुखमा उमेदवारी दिने तयारी गरेको छ । कांग्रेसले अहिले सभामुखमा कांग्रेस सचेतक पुष्पा भुसाललाई उमेदवार बनाउने तयारी गरेको छ ।


कांग्रेस शीर्ष तहमा यस बारेमा छलफल भएको स्रोतको भनाइ छ । यसअघि कृष्णबहादुर महरालाई सभामुख बनाउँदा कांग्रेसले उमेदवारी दिएको थिएन । आइतवार नेकपाको सचिवालय बैठकले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उमेदवार बनाउने निर्णय गरेको थियो । संसद बैठक आज बस्दैछ ।

प्रकाशित मिति : 13:00