सभामुखको उम्मेदवार खोज्दै ओली र प्रचण्ड
५ माघ, काठमाडाैँ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सभामखुको खोजीमा जुटेका छन । अाइतबार बिहानैदेखि सभामुखको उम्मेदवार चयनका विषयमा ओली र प्रचण्ड छलफलमा जुटेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा दुइ अध्यक्ष छलफलमा जुटेका हुन ।

सभामुखको उम्मेदवार तय गर्न नसक्दा एक महिनादेखि संसद बैठकमा गतिरोध कायम रहेको छ । यसअघि ११, १६ र २७ पुसमा बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगन गरिएका छन्। प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गते बोलाइएको छ। कम्तिमा त्यसअघि नै सभामुखको उम्मेदवार तय गर्ने बारेमा ओली र प्रचण्ड छलफलमा जुटेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रकाशित मिति : 12:05









