१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

दिनहुँ व्यापारी भेट्ने प्रधानमन्त्री ओलीले पार्टीको प्रतिवेदन बुझाउन समय दिएनन्ः नेता रावल

५ माघ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं सुदुरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलले दिनहुँ व्यपारीसँग भेट्न सक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको प्रतिवेदन बुझाउन पाँच महिनादेखि समय नदिएको बताएका छन । इमेज टेलिभिजनसँग कुरा गर्दै नेता रावलले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको प्रतिवेदन बुझाउन समेत समय नदिएको आरोप लगाए ।

फाइल फोटो ।

नेता रावलले बालुवाटारबाट देशव्यापी रूपमा पार्टी भित्र गुटबन्दी भैरहेको आरोप पनि लगाए । उनी भन्छन ‘देशको प्रधानमन्त्री र पार्टी अध्यक्ष जस्तो मान्छेले गुटबन्दी गर्न मिल्छ ? उहाँले झलनाथ खनाल चीन गएको समयमा गुटबन्दी गरेर वरिष्ठ नेता पद झारिदनु भो । उहाँलाइ फेरि अर्को खेल खेल्न मन लाग्यो माधव नेपाललाइ झार्नु भो र झलनाथ खनालालाइ वरिष्ठ नेता बनाउनु भो । अनि को छ आत्मकेन्द्रीत कसले गरेको छ गुटबन्दी ?’

रावलसँग इमेज टेलिभिजनका कृष्ण तिमल्सिनाले गरेको कुराकानी तल हेर्न र सुन्न सक्नुहुन्छ

प्रकाशित मिति : 10:14