सत्य निरुपण र बेपत्ता छानविन आयोगको नेतृत्वमा सहमति जुटाउँदै प्रधानमन्त्री ओली
३ माघ, काठमाडाैँ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगका विषयमा छलफल गर्न सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शिर्ष नेता छलफलमा जुटेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा भईरहेको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा, सुवास नेम्वाङ, खिमलाल भट्टराई, मिनेन्द्र रिजाललगायतका नेता सहभागी रहेका छन ।

लामो समयदेखी आयोगको नेतृत्वका विषयमा सहमति जुट्न नसकिरहेका बेला शिर्ष नेताहरु छलफलमा जुटेका हुन । सातवटै प्रदेशमा आयोगबारेको विधेयकको मस्यौदामा द्वन्द्वपीडितसँग परामर्श गरेपछि यो छलफल भइरहेको हो । नेकपा र कांग्रेस नेताहरू संयुक्त रूपमा सातवटै प्रदेशमा गएका थिए। उनीहरूले पीडितसँग विधेयकमा प्रस्ताव गरिएका व्यवस्थालाई लिएर छलफल गरेका थिए । यो विधेयक संसदबाट पास गराउने र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्ने तयारी भइरहेको छ । दुवै आयोग गत वैशाख १ गतेबाट पदाधिकारीविहीन छन् ।
प्रकाशित मिति : 12:08









