सभामुख चयनका विषयमा नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा छलफल सुरू
३ माघ, काठमाडौँ । सभामुख चयनको विषयमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरू भएकाे छ । केही समय अगाडीबाट प्रधानमन्त्री निवास बालुवाटारमा छलफल शुरु भएको हो ।

दुई अध्यक्षबीच विहिवार पनि झण्डै साढे दुई घण्टासम्म छलफल भएकाे थियाे । छलफलमा माघ ६ गते बोलाएको संसद बैठक अगावै सभामुखको नाम तय गर्ने सहमति भएको थियो । सोही योजना अनुसार सकेसम्म आजै सभामुखमा सहमति जुटाउन दुई अध्यक्ष छलफलमा जुटेकाे बालुवाटार स्रोतले जानकारी दिएको छ ।
सभामुखको नाममा सहमति जुट्ने वित्तिकै सचिवालय बैठक बोलाउने तयारी भएको छ । सोमबारको संसद बैठकले सभामुखको चयन प्रक्रिया अगाडी बढाउने महासचिव विष्णु पौडेलले पनि जानकारी दिए । पौडेलले अध्यक्षहरुबीच छलफल जारी रहेको र सहमति जुट्ने वित्तिकै सचिवालय बैठक बोलाएर अनुमोदन हुने जानकारी दिए ।
प्रकाशित मिति : 10:41









