भीम रावललाई सूर्य थापाको प्रश्नः यो स्टन्ड बाजी किन गरिरहनु भएको छ ? (भिडियोसहित)
३ माघ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का स्थायी समिति सदस्य एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले लगाएको आरोपकाबारेमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्पष्ट पारेका छन । उनले आरोपका बारेमा पत्रकार ऋषि धमालाको जनता जान्न चाहन्छन भन्ने कार्यक्रममा रावलमाथि यो स्टन्ड बाजी किन गरिरहनु भएको छ ? भन्ने प्रतिप्रश्न गरेका छन । बिहीबार राति प्राइम टाइम टेलिभिजनमा प्रशारित कार्यक्रमको ३० मिनेटपछि नेता रावलको सम्बन्धमा धमलाको प्रश्नको थापाले जवाफ दिएका छन ।
थापाले भनेका छन, ‘मैले पनि एउटा टेलिभिजनमा सुने । शायद, उहाँले सपना देख्नु भयोहोला । उहाँ जत्तिको मान्छेलाई कसले धम्की दिन्छ ? मैले तथाकथित कविताको आलोचनामात्र गरेको हो । उहाँले सोचे र व्याख्या गरेजसरी त्यो स्टाटसमा धम्कीको कुरा छैन् । उहाँलाइ एक्लो बृहसपति नबन्न आग्रहमात्र गरिएको हो।’

थापाले भनेका छन, ‘सूर्य थापा धम्कीमा विश्वास गर्दैन । उहाँ डेढ दर्जन सुरक्षाकर्मीको घेरामा हुनुहुहुन्छ । एउटा कुरा स्पष्ट पार्छु सरकारबिरोधीको घेरामा रावालजी पर्नु भएको छ । उहाँ सरकारको आलोचना गर्न प्रतिपक्षी भन्दा तीन कदम अघि बढीरहनु भएको छ । जनताको ध्यान मोड्न काम गरिरहनु भएको छ । सरकारको बारेमा पर्दाफास गर्ने जिम्मेवारी कसले दिएको छ ? उहाँ देशभक्त अरू सबै राष्ट्रघाती ? देशभक्तिको कुरा रावलजीले लाइसेन्स दिएरमात्र हुने हो र ?’
थापाले भीम रावल नभएका भए देशभिक्तिको कुरा कसले उठाइदिन्थ्यो ? भने जस्तो गरी जनतालाइ भड्काउने काम भैरहेको पनि बताएका छन । रावलको प्रवृतिबारे उल्लेख गर्दै थापाले मन्त्री हुँदा हर्षित र नपाउँदा किन छटपटीरहनु भएको छ ? भन्ने प्रतिप्रश्न गरेका छन । रावलबारेको सन्दर्भ ३० मिनेटबाट सुन्न र हेर्न सकिन्छ ।
प्रकाशित मिति : 10:11









