प्रधानमन्त्रीले आफ्नै कार्यकर्ता माथि तरबार चलाउँछन् भनेर साेच्नु गलत: सञ्चारमन्त्री बाँस्कोटा
२ माघ, काठमाडौँ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रबिधिमन्त्री गाेकुल बाँस्काेटाले नेकपाका नेता भीम रावललाई प्रधानमन्त्री निवास बालुवाटारबाट कसैले धम्की नदिएकाे स्पष्ट पारेका छन । बिहीबार मन्त्रिपरिषद्काे निर्णय सार्वजनिकपछि पत्रकारहरुकाे प्रश्नकाे जवाफ दिँदै मन्त्री बाँस्कोटाले भीम रावलले भने जस्ताे कसैले धम्की नदिएकाे बताए ।

मन्त्री बाँस्कोटाले भने `उहाँले धम्की आएकाे हाे भने कसले कुन नम्बरबाट कसरी धम्कि दियाे वा अरु केही माध्यमबाट धम्की आएकाे हाे स्पष्ट हुनुपर्छ । अन्यथा यस्ता भ्रम फैलाउनु राम्रो हुन्न ।´ मन्त्री बास्काेटाले प्रतिप्रश्न गर्दै भने `तपाईंलाई लाग्छ प्रधानमन्त्रीले अाफ्नै कार्यकर्ता माथि यस्ताे साेच्न सक्नुहुन्छ ?´ मन्त्री बाँस्कोटाले प्रधानमन्त्री ओलीले आफ्नै कार्यकर्ता माथि तरबार चलाउँछन् भनेर साेच्नु गलत हुने बताए ।
प्रकाशित मिति : 15:44









