३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

माघे सङ्क्रान्तिले आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गराेस्ः अध्यक्ष प्रचण्ड

१ माघ, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारु, मगरलगायत आदिवासी जनजाति एवं आम नेपालीले मनाउने चाड माघे सङ्क्रान्तिको अवसरमा शुभकामना दिनुुहुँदै यस्ता पर्वले सम्पूर्ण नेपालीहरुका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधता भित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो । बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।” अध्यक्ष दाहालद्वारा आज जारी सन्देशमा भनिएको छ ।

उहाँले यस पर्वले समस्त समुदायमा बन्धुत्व, प्रेम र एकताको भावना बढाइ शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ ।

प्रकाशित मिति : January 15, 2020 at 9:29 am