सिण्डिकेट पक्षधरलाई सामाजिक बहिष्कार गर्ने अनेरास्ववियुको घोषणा
२२ वैशाख, काठमाडौँ । अनेरास्ववियुले सिण्डिकेट पक्षधर यातायात व्यवसायीलाई सामाजिक बहिष्कार गर्ने चेतावनी दिएको छ । दोहोरो सरकारको अनुभुति हुने गरी यातायात समितिको सिण्डिकेटको नाममा यातायात बन्द र हड्ताल गर्ने व्यवासयीको दादागिरीविरुद्ध संघर्षमा उभिएको अनेरास्ववियुका महासचिव ऐन महरले बताए ।
उनले विज्ञप्ति मार्फत ‘लिफ्ट दिउँ, लिफ्ट लिउँ’ अभियान पुनः व्यूताएर सिण्डिकेट पक्षधर व्यवसायीलाई समाजको अघि नांगो बनाउनुपर्नेमा जोड दिएका छन ।
हेर्नुहोस विज्ञप्तिको पूर्ण पाठ
प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार ०७:५८