१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

प्रधानमन्त्रीलाई भेटेर स्वास्थबारे जानकारी लिएपछि राष्ट्रपति भण्डारी खुसी, स्वास्थलाभको शुभकामना

१२ मंसिर, काठमाडौँ । महाराजगञ्जको मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यको बारेमा जानकारी लिन राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार साँझ अस्पताल पुगेकी छिन । राष्ट्रपति भण्डारी बिहीबार साँझ ७ः ४० बजे महाराजगञ्जस्थित सेन्टर पुगेर प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा जानकारी लिएको उनको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार राष्ट्रपतिले प्रधानमन्त्रीलाई भेटेर उपचार र स्वाथ्य स्थितिबारे जानकारी लिएकी थिइन । उनले प्रधानमन्त्रीको स्वास्थ्यमा भइहरेको सुधारप्रति खुसी व्यक्त गर्दै स्वास्थलाभको शुभकामना पनि दिएको थापाले बताए । प्रधानमन्त्री ओली तीन दिनदेखि अस्पतालमा उपचार गराइरहेका छन ।

प्रकाशित मिति : 22:13