११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

मन्त्रिपरिषद बैठकमा पहिलो पटक प्रविधिको उच्चत उपयोग, भिडियो कन्फरेन्समा बैठक (फोटोफिचर)

९ भदाै, काठमाडाैँ । स्वास्थ्य उपचारको क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद बैठक गरेका छन । प्रधानमन्त्री कार्यालयबाट छलफल गर्ने गरी प्रधानमन्त्री ओलीले सोमबार मन्त्रिपरिषद बैठक बोलाएका हुन । यसअघिसम्म प्रधानमन्त्री देश बाहिर रहुन्जेल मन्त्रिपरिषद बैठकनै बस्ने गरेको थिएन ।

तर सरकारले मन्त्रिपरिषद बैठक सम्बन्धी नियमावली संशोधन गरेर, भिडियो कन्फरेन्सिङ्बाट प्रधानमन्त्री जहाँ रहेपनि क्याबिनेट बैठक बस्न सक्ने ब्यवस्था गरेपछि पहिलो पटटक बैठक बसेको हो । मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गरे पनि निर्णयहरू भने सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : 14:20