११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

नेकपाको केन्द्रीय सदस्यमा चार जना थपिए

९ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा चार जना थपिएका छन । विभिन्न पार्टीबाट एकताबाट आएका चार नेतालाई केन्द्रीय समितिमा मनोनयन गरिएको हो । सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेकपाको सचिवालय बैठकले चार जनालाइ केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पहिलो पटक सोमबार बसेको सचिवालय बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनयन गरेको नेकपाले जनाएको छ ।

प्रकाशित मिति : 13:22