पहिलो पटक प्रचण्डको अध्यक्षमा नेकपाको सचिवालय बैठक बस्दै, के होला छलफल र निर्णय ?
८ भदाै, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पहिलो पटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमातामा भोलि बस्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजेपछि बस्ने बैठकमा के विषयमा छलफल हुने भन्ने खुलाइएको छैन । यद्यपी भोलिको बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको बारेमा छलफल हुने अनुमान गरिएको छ ।

नेकपाको अध्यक्ष भएपछि प्रचण्डले पहिलो पटक बैठकको अध्यक्षता गर्न लागेका हुन । प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा अोलीले उपचारका लागि सिंगापुर जानु अघि अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसेर अावश्यक निर्णय लिन सक्ने गरी सचिवालयलाइ निर्देशन दिएका थिए । यसअघि दुवै अध्यक्षको उपस्थितिमा मात्रै सचिवालय बैठक बस्दै आएको थियो।
प्रकाशित मिति : 20:25







