८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

पासाङ ल्हामू राजमार्गको गेर्खु खोलाको डाइभर्सन बाढीले बगायो, नुवाकोट र रसुवाको यातायात ठप्प

७ भदाै, नुवाकोट । पासाङ ल्हामू राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार राति परेको पानीसँगै आएको बाढीले पासाङ ल्हामू राजमार्ग अवरुद्ध भएको हो । बाढीले राजमार्गकोे त्रिशूली–बेत्रावती सडकखण्डको गेर्खु खोलामा राखिएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

फाइल तस्बीर ।

केही दिनअघिमात्र बनाइएको डाइभर्सन  शुक्रबार राति फेरि बगाएको प्रहरीले जनाएको छ । विदुर नगरपालिका वडा नं. १ र १० जोड्ने गेर्खु खोलाले गएको वर्षको बर्खामा पुल भत्काएपछि अस्थायी रुपमा बनाइएको डाइभर्सन यो वर्षमात्रै दुई पटक बगाइसकेको छ । डाइभर्सन बगाएको कारण नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ ।

प्रकाशित मिति : August 24, 2019 at 8:47 am