प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
५ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि पुनः सिंगापुर प्रस्थान गरेका छन् । पत्नी राधिका शाक्यसहित प्रधानमन्त्री ओली दिउँसो १ः३० बजे त्रिभुवन विमानस्थलबाट सिंगापुरतर्फ प्रस्थान गरेका हुन । उनी एक सातामै दोस्रो पटक सिंगापुर उडेपनि यसपटक कति दिनमा फर्कने भन्ने निश्चित छैन ।

यद्यपी संविधान दिवास मुल समारोह समितिको बैठकमा प्रधानमन्त्रीले सम्बाेधनका क्रममा दिएको जानकारी अनुसार उनी संविधान दिवस मनाउने गरी फर्कनेछन । प्रधानमन्त्री ओली गत साउन १८ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश फर्किएका थिए ।

प्रकाशित मिति : 14:06









