८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

५ भदाै, चितवन । ट्रकको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा चितवन इच्छाकामना गाउँपालिका–४ का २५ वर्षीय राजकुमार प्रजा रहेको छ । नारायणढबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख ५ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको प्रदेश नं ३–००–२०० नंको मोटरसाइकललाई इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा गए राति ठक्कर दिदाँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

फाइल फाेटाेट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल पछाडि बसेका प्रजाको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार हुन नसकेपछि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते मोटरसाइकल चालक इच्छाकामना–४ कै २१ वर्षीय लोकेन्द्र प्रजाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : August 22, 2019 at 11:02 am