ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते
५ भदाै, चितवन । ट्रकको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा चितवन इच्छाकामना गाउँपालिका–४ का २५ वर्षीय राजकुमार प्रजा रहेको छ । नारायणढबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख ५ नंको ट्रकले विपरीत दिशाबाट आइरहेको प्रदेश नं ३–००–२०० नंको मोटरसाइकललाई इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा गए राति ठक्कर दिदाँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : August 22, 2019 at 11:02 am









