११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

मरोस भनेर कामना गर्नेहरूलाई प्रधानन्त्री ओलीले भने ‘अब १५ वर्ष अखडामा हुन्छु’

४ भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मरोस भनेर कामना गर्नेहरूलाई आफू अझै १५ वर्ष अखडामै हुने बताएका छन । गृह मन्त्रालयमा आज बिहान आयोजित संविधान दिवस\ राष्ट्रिय दिवस,मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा अफवाह फैलाउनेलाई अझै १५ वर्ष अखडामै हुने बताएका हुन । उनले स्वास्थ्यका बारेमा चिन्ता व्यक्त गर्ने र अफवाह फैलाउने दुबैलाई यसरी सम्बोधन गरेका छन ।

ओलीको विचार उनकै शब्दमा

म भोली सिंगापुर जाँदैछु केही दिनका लागि । अचम्म लाग्छ, बिरोधीहरु कति कमजोर भएछन् भने उ बाँचोस तै पनि मुकाबिला गर्छौैं भन्ने छैन । मरीहाले देखि हुन्थ्यो भनेर । मलाई त्यस्ता प्रवृतिहरुसँग केही भन्नु छैन । तर म स्वास्थ्य परिक्षण र हल्का उपचारका लागि जाँदैछु । आँउदो चुनाव पनि सामना गर्न तयार भएर बस्न म त्यस्तो चाहनेहरुलाई भन्न चाहन्छु । मरीगए हुन्थ्यो भन्ने चाहनेलाई । आउँदो चुनाव टफ हुनेछ । अस्तित्व रक्षाको लडाईं अहिले देखि सुरु गरे हुन्छ ।

यो मैले किन भनेको भने मरीहालोस भनेर खुबै प्रचार गरेको हुनाले धेरै निरास होलान् भनेर धेरै निरास नहुन पछि भनेर । मर्न त मरिन्छ । एक जमानामा,एक समयमा हरेक मान्छे मर्छ । हामी सबै मर्छौं । तर मैले अस्ती एक ठाउँमा भनेको थिंए १५ बर्ष अगाडि बिमारी थिंए । बिमारी त्यती बेला थिंए । अब १५ बर्ष अखडामा सामेल छु । बाँकी १५ बर्षचाँही अखडामा हुन्छु म । त्यसकारण पूजा अर्चना कतै गरेर हुन्छ भने गर्न दिने मेरो बिचार छ । भोली सिंगापुर जाँदैछु । केही दिन लाग्छ । संविधान दिवश \ राष्ट्रिय दिवश भन्दा अगाडी आइपुग्छु ।

प्रकाशित मिति : 12:58