११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

सर्बदलीय बैठक बालुवाटारमा सुरू

३ भदौ, काठमाडौँ । सर्बदलीय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरु भएको बैठकले संसदमा विचाराधीन अवस्थामा रहेका विधेयकको टुंगो लगाउने बताइएकाे छ ।

सर्बदलीय बैठकमा नेकपाका तर्फबाट पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, सुवास नेम्वाङ, वामदेव गौतम, बिष्णु पौडेल सहभागी भएका छन् भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, बिजय गच्छदार, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल सहभागी भएका छन् ।

यस्तै, समाजवादी पार्टी नेपालबाट अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव सहभागी भएका छन् भने राजपाका तर्फबाट राजकिशोर यादव र महन्थ ठाकुर सहभागी भएका छन् ।

प्रकाशित मिति : August 20, 2019 at 6:06 pm