११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

रवि लामिछानेको अनुसन्धान हुनुपर्छः सांसद चौधरी

३ भदौ, काठमाडौं । न्युज ट्वान्टिफाेर टेलिभिजनका प्रस्तोता रवि लामिछाने पक्राउको विषयमा मंगलबार प्रतिनिधिसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद शान्ता चौधरीले कुरा उठाएकी छिन् । सांसद चौधरीले अनुसन्धान प्रक्रिया चलिरहेका बेला त्यसलाई प्रभावित पार्न खोज्ने गतिविधि भइरहेको र रविकाे अनुसन्धान हुनदिनुपर्ने बताएकी छिन् ।

पत्रकार शालिकाराम पुडासैनी आत्महत्याको विषयमा अनुसन्धानका लागि लामिछाने पक्राउ परेपछि चितवनका सडकमा भइरहेका गतिविधिले अनुसन्धान प्रभावित पार्न सक्ने सांसद चाैधरीले जनाएकी छिन् । ‘को दोषी को निर्दोष भन्ने सवाल चलिरहेको बेला अनुसन्धान प्रभावित बनाउन खोज्ने प्रवृत्ति सही मान्न नसकीने र यस्तो बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने सांसद चाैधरीले बताएकी छिन् ।’

प्रकाशित मिति : 15:22